जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

साफ यु-२० च्याम्पियनसिप : उद्घाटन खेलमा माल्दिभ्सको सामना गर्दै नेपाल

साफ २० वर्ष मुनीको च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगिता आजदेखि भारतको भुवनेश्वरमा शुरु हुँदैछ ।

कालिङ्गा स्टेडियममा हुने उद्घाटन खेलमा नेपाली समय अनुसार ४ः१५ बजे नेपालले आज माल्दिभ्ससँग खेल्दैछ । साफको फाइनल पुग्ने लक्ष्य लिएको नेपाल माल्दिभ्सलाई हराएर सुखद शुरुवात गर्ने योजनामा रहेको छ ।

च्याम्पियनसिपअन्तर्गत नै आजको अर्को खेल श्रीलङ्का र बङ्गलादेश खेल्नेछन् ।

च्याम्पियनसिपमा आयोजक भारत र नेपालसँगै माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ ।

नेपालले माल्दिभ्सपछि श्रीलङ्कासँग बुधबार खेल्नेछ । त्यस्तै भारतसँग आगामी आइतबार र अन्तिम खेल बङ्गलादेशसँग आगामी मङ्गलबार प्रतिस्पर्धा गर्नेछ । शीर्ष दुई टोलीले उपाधिका लागि अर्को हप्ताको शुक्रबार प्रतिस्पर्धा गर्नेछन् ।