जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

साथीहरूसङ दीपाङ् एडभेन्चर क्याम्पमा पुगेका पोखरा वडा न १५ नयाँगाउका महेन्द्र मृत फेला

जन्मभुमि खबर ,
पोखरा ।
पोखरा महानगरपालिका वडा नं. २७ को क्याम्पमा एक युवा मृत अवस्थामा फेला परेका छन् ।

शुक्रबार आफ्ना  साथीहरुसहित दीपाङ् एडभेन्चर क्याम्पमा पुगेका पोखरा महानगरपालिका १५ नयाँगाउका ३३ वर्षीय महेन्द्र घले मृत फेला परेको कास्की प्रहरी प्रवक्ता, डिएसपी सुवास हमालले बताउनुभयो ।

शुक्रबार राती ८ बजे सात जना साथिसहित क्याम्पमा पुगेका घले शनिबार मृत फेला परेका हुन् । डिएसपी हमालका अनुसार शनिबार अवेरसम्म नउठेपछि साथीहरुले उठाउने क्रममा बेहोस रहेका उनको मृत्यु भएको भनि प्रहरीलाई खबर गरेका थिए ।

घटनाको बारेमा अनुसन्धान भइरहेको प्रवक्ता हमालले बताउनुभयो ।