जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

“सडकमै खाउ, सडकमै रमाउ” पोखरा सडक महोत्सव’ यही पौष १३गतेदेखि

जन्मभुमि खबर ,
पोखरा ।

२४ औँ संस्करणको ‘पोखरा सडक महोत्सव’ पौष १३ देखि १७ गतेसम्म हुने भएको छ । सडक महोत्सव आयोजक संस्था रेष्टुरेण्ट एण्ड बार एसोसियसन (रेवान) पोखराले शुक्रबार पत्रकार सम्मेलन गरेको महोत्सव वारे जानकारी दिएको हो ।

अंग्रेजी नयाँ वर्षको अवसरमा पर्यटकलाई स्वगत गर्ने उदेश्यले हरेक वर्ष जस्तै वर्ष २०२३ मा पनि महोत्सवको अयोजना गरिएको रेवान पोखराका अध्यक्ष एवं महोत्सव अयोजक समितिका संयोजक नरेश भट्टराइले जानकारी दिनुभयाे ।

पोखराको पर्यटन प्रवद्र्धनमा महोत्वसले बेग्लै पहिचान बनाउन सफल रहेको र महोत्वसवको सयमा सबै भन्दा धेरै पर्यटक पोखरा आउने गरेको भट्टराइले जानकारी भनाइ थियो ।

“सडकमै खाउ, सडकमै रमाउ भन्ने नारा”सहित लेकसाइड क्षेत्रको तीन किलोमिटर मुल सडकमा महोत्सवको आयोजना हुने छ । महोत्सवमा विभिन्न सास्कृतिक कार्यक्रम सहित खानाका परिकारको स्वाद लिन सकिने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिएको छ । व्यवसायीले आ–आफ्ना व्यवसायलाई सडकक पेटिमा स्टल बनाएर विक्रीका लागि राख्ने छन् , पर्यटकले सडमै रमाइलो हेदैँ स्वादिलो खानाका परिकार खान पाउने छन् ।

महोत्वसमा आउने पर्यटकलाई लक्षित गदैँ सास्कृतिक कार्यक्रम, मौलिक ,भेषभुषा प्रदर्शनी, राष्ट्रिय तथा अन्तराष्ट्रिय खानाको प्रदर्शन, दोहोरी गित प्रतियोगिता, झाँकी प्रदर्शनी, रात्रिकालिन कन्सर्ट, फेवातालमा बोट रेस, खुल्ला भेट्रान टेनिस प्रतियोगिता, बेटर रेस, टग अफ बार र पोखराका प्रमुख गन्तब्यसहितको डकुमेन्ट्री प्रदर्शन जस्ता गतिबिधि देखाइने आयोजकले जानएको छ ।

५ दिनसम्म चल्ने महोत्सवमा करिब ३ देखी ४ लाख पर्यटकले अवलोकन गर्ने आयोजकको अनुमान छ । महोत्वसको अवसरमा पर्यटकका लागि होटलको बसाइमा २० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।