जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

संसदीय पत्रकार मञ्च गण्डकीमा भरत कोइराला

जन्मभुमि खबर
पोखरा ।
संसदीय पत्रकार मञ्च गण्डकीको अध्यक्षमा भरत कोइराला निर्वाचित हुनुभएको छ ।मञ्चको आज पोखरामा सम्पन्न दोश्रो अधिवेशनले कोइरालाको अध्यक्षमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।

मञ्चको उपाध्यक्ष अमृत सुवेदी, सचिव रोहितराज पराजुली, कोषाध्यक्षमा तारा चापागाईं दुवे र सहसचिवमा युवराज श्रेष्ठ निविरोध निर्वाचित हुनुभयो ।

यसैगरी सदस्यहरुमा प्रकाश ढकाल,वासुदेव पौडेल, विशन क्षेत्री, उमा आले मगर, युवराज गुरूङ (युनिश) र उमेश पुन मगर चयन हुनुभएको छ ।

गण्डकी प्रदेशका आन्तरिक मामिला तथा योजनामन्त्री हरिबहादुर चुमानले अधिवेशनको उद्घाटन गर्नुभएको थियो । प्रदेशसभा लगायत संसदीय विधामा कलम चलाउने पत्रकारहरु संसदीय पत्रकार मञ्चमा आवद्ध रहेका छन् ।