जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

संक्रमितको संख्या दिनानुदिन बढ्दै,आज मात्र ४ हजार ५ सय २४ जनामा पुष्टि,१८ जनाको मृत्यु

जन्मभुमि खबर,
पोखरा ।

नेपालमा थप ४ हजार ५ सय २४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा ४ हजार ५ सय २५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ३ लाख ७९ हजार २५ पुगेको छ ।

हाल नेपालमा २६ हजार २ सय २५ जना सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप १५ हजार ६ सय ८१ जनाको पिसिआर परीक्षण गरिएको थियो । यो अवधिमा नेपालमा थप ५ सय ५५ जना कोरोना भाइरस संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् ।

यससंगै नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको कुल संख्या २ लाख ७८ हजार ५ सय ६ पुगेको छ ।

यो अवधिमा नेपालमा कोरोना भाइरस संक्रमणबाट थप १८ जनाले ज्यान गुमाएका छन् । यससंगै नेपालमा हाल कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ३ हजार १ सय ९४ पुगेको छ ।