जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

शुभकामना साकोसमा प्रेमशंकर बरुवाल

विवेक न्याैपाने
पोखरा महानगरपालिका वडा नं ८ स्थित शुभकामना बचत तथा ऋण सहकारी संस्था लि.को १३ औं वार्षिक साधारण सभा तथा ५ औं अधिवेशन आश्विन ११ गते मंगलबारका दिन सम्पन्न भएकाे छ ।

संस्थाका अध्यक्ष गोकर्ण बरुवालको अध्यक्षतामा पोखरा महानगरपालिका सहकारी विभाग प्रमुख भरतराज पौडेलको प्रमुख आतिथ्यता र राष्ट्रिय सहकारी बैंक शाखा प्रमुख नरेश पाण्डेको विशेष आतिथ्यतामा भएको कार्यक्रमको स्वागत मन्तव्य उपाध्यक्ष श्री प्रेमशंकर बरुवालले गर्नुभएको थियो ।

उक्त साधरण सभाको ५ औं अधिवेसनबाट प्रेम शंकर बरुवालको अध्क्षयतामा ११ सदस्यीय संचालक समिति सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

अध्यक्षमा प्रेम शंकर बरुवाल,उपाध्यक्षमा रामचन्द्र आचार्य,सचिवमा ठाकुर प्रसाद सापकोटा, सह–सचिवमा गोपाल ब. घिमिरे,कोषाध्यक्षमा इन्द्र बहादुर कार्की,
सदस्यहरूमा वम ब. मल्ल,टेकराज तिमिल्सिना,हर्क ब. भण्डारी,कमल के.सी,क्षेत्र ब. के.सी,मिरा गिरी,
लेखा समिति संयोजकमा झलकनाथ शर्मा र शिक्षा उप–समिति संयोजकमा
राजेश गुरुङ्ग सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

कार्यक्रम सञ्चालन श्री लोक बहादुर भण्डारीले गर्नुभएको थियो ।