जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

विश्वकप फुटबलमा आज पनि चार खेल हुँदै

कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज चार वटा खेलहरु हुँदैछन् ।

जसमा समूह ‘सी’ र समूह ‘डी’ का खेलहरु हुनेछन् । पहिलो दुई खेलमा समूह ‘डी’ मा रहेका ट्युनिसिया र फ्रान्स तथा अष्ट्रेलिया र डेनमार्क बीच प्रतिस्पर्धा हुनेछ ।

दुबै खेल नेपाली समयअनुसार बेलुका पौने ९ बजे सुरु हुनेछ । यस समूहबाट फ्रान्स यसअघि नै नकआउट चरणमा पुगिसकेको छ ।

आजको खेलबाट समूह ‘डी’ बाट अन्तिम १६ मा पुग्ने १ राष्ट्रको टुङ्गो लाग्नेछ ।

आजै समूह ‘सी’ मा रहेका अर्जेन्टिना र पोल्याण्ड तथा साउदी अरब र मेक्सीको खेल्दैछन् । दुबै खेल नेपाली समयअनुसार राति पौने १ बजे हुनेछ ।