जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

विश्वकप छनोटको अन्तिम खेलमा नेपालले आज अस्ट्रेलियासँग खेल्दै

जन्मभुमि खबर,
पोखरा ।

कतारमा आगामी वर्ष आयोजना हुने विश्वकप फुटबलको एसियाली छनोटको आफ्नो अन्तिम खेलमा नेपालले आज अस्ट्रेलियासँग खेल्दै छ । कुवेतको अन्तर्राष्ट्रिय रङगशालामा हुने खेल राति पौने १० बजे सुरु हुने छ । समूहमा नेपालले यसअघि अस्ट्रेलियासँग ५–० गोलको हार ब्यहोरेको थियो ।

नेपाल समूहमा ७ खेलबाट ६ अंक जोडेर चौथौ स्थानमा छ । अस्ट्रेलिया ६ खेलबाट १८ अंकसहित शीर्षस्थानमा छ । नेपालले ७ खेल खेलेर पनि अंक जोड्न नसकेको चाइनिज ताइपेईविरुद्ध मात्र दुवै जित हात पारेको थियो । ताइपेई समूहको पाचौँ तथा अन्तिम स्थानमा छ । नेपाल यसअघि अस्ट्रेलियासँग भएको पहिलो खेलमा ५–० गोलले पराजित भएको थियो ।

नेपाली टोली पछिल्लो खेलमा गत जुन ७ तारिखमा जोर्डनसँग ३–० गोलले पराजित भएको थियो ।