जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

विवेकशील साझाको अन्तरिम अध्यक्षमा समीक्षा बास्कोटा र संयोजकका सन्जीव भट्टराई चयन

विवेकशील साझाको अन्तरिम अध्यक्षमा समीक्षा बास्कोटा र संयोजकका सन्जीव भट्टराई चयन भएका छन् ।

निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्नुपर्ने भएकाले नयाँ नेतृत्व चयन छिटो गर्न दबाब भएकाले पार्टीको केन्द्रीय कार्यसमिति बैठकको बहुमतले पार्टीको अन्तरिम नेतृत्व चयन गरेको एक नेताले जानकारी दिए ।

ती नेताका अनुसार ११३ जना केन्द्रीय सदस्यमध्ये ८३ जनाले आजको निर्णय गरेको हो। यो प्रक्रियामा काम-कारबाहीमा परेको मिलन पाण्डे समूह भने सामेल छैन। अर्को बैठकबाट पाण्डे समूह माथिको काम-कारबाही फुकुवा गर्ने ती सदस्यले जानकारी दिए ।