जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

विजयादशमीकाे अवसरमा सुगम युवा क्लवकाे प्रथम खुल्ला नकआउटका भलिवल प्रतियाेगिता सुरू

विवेक न्याैपाने
विजयादशमी २०७९ काे पुनित अवसरमा मिति असाेज १३ र १४ गते सम्म अन्नपूर्ण गा पा वडा न १ अवस्थित सुगम युवा क्लवकाे आयाेजना र अन्नपूर्ण गाउँपालिकाकाे सहयाेगमा प्रथम खुल्ला नकआउटका भलिवल प्रतियाेगिता सुचारू भएकाे छ ।

उक्त प्रतियाेगितामा क्रमश आयाेजक टिम- सुगम युवा क्लव अन्नपूर्ण १ फल्लापानि , अनुपम युवा क्लव अन्नपूर्ण १ , एन.एस.वाई सि. पुरैनचाैर , मिसन युथ क्लव अन्नपूर्ण १, भुमेश्वरि युथ क्लव लुयरा , मिसन युथ क्लव अन्नपूर्ण १, सुरक्षा मार्ग टिम पाेखरा महानगरपालिका हेमजा बिच प्रतिस्पर्धा भएकाे थियाे । अन्नपूर्ण गा. पा. अध्यक्ष बिष्णु बहादुर के. सि.काे प्रमुख आतिथ्यमा भएकाे उक्त कार्यक्रमा खेलकुद जस्ता अतिरिक्त कृयाकलापले ब्यक्ति स्वास्थ्य र समाज अनुशासित रहने कुरा ब्यक्त गर्नु भएकाे थियाे ।

उक्त कार्यक्रम क्लवका अध्यक्ष हाेमनाथ दाहालकाे अध्यक्षतामा सन्चालन भएकाे छ भने खेल आयाेजक समितिका सल्लाहकार सम्याेजक तथा पुर्व शिक्षक छबिलाल दाहालले स्वागत मन्तब्य राख्नु भएकाे थियाे ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष चन्द्रा देवकाेटा, शिक्षा तथा खेलकुद बिभाग प्रमुख बलराम भुगाई , स्थानिय जनप्रतिनिधिहरू , टाेल बिकासका अध्यक्ष , सामुदायिक बनका अध्यक्ष, बिध्यालय ब्यवस्थापन समितिका अध्यक्ष, बिध्यालय शिक्षकहरू ,खेल प्रेमि आमा बुवा दाजुभाई तथा दिदी बहिनिकाे उल्लेख्य उपस्थिति रहेकाे थियाे । उक्त खेलकाे फाईनल खेल असाेज १४ गते हुने भएकाे छ ।

कार्यक्रम सन्चालन दाहाल युवा सन्जालका उपाध्यक्ष ईन्द्र प्रसाद दाहालले सन्चालन गर्नु भएकाे थियाे ।