जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

राष्ट्रिय फुटबल टोलिको बन्द प्रशिक्षणबाट १४ खेलाडी बाहिरिए

राष्ट्रिय फुटबल टोलिका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुतैरीले बन्द प्रशिक्षणमा सहभागी हुने खेलाडीको संख्या ३६ मा सीमित गर्नुभएको छ । राष्ट्रिय फुटबल टोलि साफ च्याम्पियनशीप र एएफसी एशियन कप छनोटको अन्तिम चरणको तयारीमा रहेको छ ।

पचास जना खेलाडीबाट सुरु गरिएको बन्द प्रशिक्षणमा करिब दुई साताको प्रशिक्षणपछि १४ खेलाडीलाई बाहिर पठाइएको छ । गोलकिपर विशाल सुनारका साथै अमित तामाङ्ग, बिवेक बस्नेत, दर्शन गुरुङ्ग, डोना थापा, गौरब बूढाथोकी, मिक्चेन तामाङ्ग, निरज बस्नेत, बिक्रम लामा, प्रिजेन तामाङ्ग, रबिशंकर पासवान, शेषेहाङ्ग आङ्गदम्बे, शिशिर लेखी र सुदीप राई बन्द्र प्रशिक्षणबाट बाहिरिएका हुन् ।
एन्फाका अनुसार किरणकुमार लिम्बु, दीप कार्की, बिकेश कुथु, विशाल श्रेष्ठ, अपर्ण कार्की गोलकिपरका रुपमा बन्द प्रशिक्षणमा निरन्तरता पाउनेछन् ।