जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

राष्ट्रपति विद्यादेवी भण्डारी पोखरामा , अन्नपूर्ण केबलकारको अवलोकन

जन्मभुमि खबर ,
पोखरा ।

राष्ट्रपति विद्यादेवी भण्डारीले पोखराको सेदिमा रहेको अन्नपूर्ण केबलकारको अवलोकन गरेकी छन् । सोमबार पोखरा आएकी भण्डारीले केबलकारको अबलोकन गरेको जनरल म्यानेजर दिनेश पौडेलले जानकारी दिए ।

राष्ट्रपति भण्डारीले अबलोकनका साथै केबलकारमा सबार समेत गरेकी थिइन् । अबलोकनको क्रममा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य र केबलकारका कर्मचारीहरुको सहभागिता रहेका थिए ।

मंगलबार हुने विभिन्न कार्यक्रममा सहभागी हुन आएकी उनले आज बिहान ८.३० बजे पोखरास्थित विन्ध्यवासिनी मन्दिरको दर्शन गर्ने, ११ बजे विन्ध्वासिनी मावि बाटुलेचौरको हिरक जयन्तीमा सहभागी हुने र दिउँसो १ बजे तमुधीमा ट्रहोटे पर्वको कार्यक्रममा सहभागी बनी काठमाडौँ फर्कने कार्यक्रम रहेको छ ।