जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

रामदी आधारभूत विद्यालय मा पुरस्कार तथा न्यानो कपडा वितरण कार्यक्रम आइतबार सम्पन्न ।

पोखरा १८ पौष ।
पोखरा २१ रामदीमा रहेको रामदी आधारभूत विद्यालय मा पुरस्कार तथा न्यानो कपडा वितरण कार्यक्रम आइतबार सम्पन्न भयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष क्याप्टेन डि बि थापा को अध्यक्षता तथा लायन्स क्लब अफ पोखरा क्लिन फिसटेल सिटीका अध्यक्ष लायन ऋषि सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको पहिलो चरणमा शैक्षिक सत्र २०७७ का शैक्षिक पुरस्कार तथा २०७८ का सह क्रियाकलाप तर्फका सबै मेडलहरु वितरण गरियो भने दोस्रो चरणमा लायन्स क्लब अफ पोखरा क्लिन फिसटेल सिटीको सहयोगमा विद्यालयको लोगो र नाम अङ्कित ४० सेट न्यानो कपडा वितरण गरियो ।

विद्यालय व्यवस्थापन समितिका सदस्य श्री कविराज पौडेलले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा क्लबका सहकोषाध्यक्ष तथा न्यानो कपडा वितरण कार्यक्रमका संयोजक तथा विद्यालयका पूर्व विद्यार्थी लायन भरत थापा, क्लबका जोन चेयर पर्सन लायन श्याम बहादुर श्रेष्ठ एवम् प्रमुख अतिथी ऋषि सापकोटाले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा क्लबकी फस्ट लेडी एवम् उपाध्यक्ष लायन विजया सापकोटा, प्रथम उपाध्यक्ष लायन खेम बहादुर गुरुङ, क्लबका कोषाध्यक्ष लायन मिरादेवी आचार्य, सहसचिव लायन पुष्प तिमिल्सिना, मार्केटिङ एवम् कम्युनिटी अफिसर लायन दुर्गादेवी बास्तोला, मेम्बरसिप चयर पर्सन लायन ई. बिष्णु प्रसाद पौडेल, क्लबका निर्देशक लायन गिरीराज गौतम, र समाजसेवी जितबहादुर गुरुङको उपस्थिति रहेको थियो ।

शिक्षक अभिभावक संघ सदस्य दिल बहादुर खड्काले सहयोगी हातहरु प्रती कृतज्ञता भाव भएको सुन्दर कविता प्रस्तुत गरिएको कार्यक्रमको सञ्चालन विद्यालयका प्रधानाध्यापक रेशम ढकालले गर्नुभएको थियो ।