जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

रमेश गौतम र सरिता अधिकारीको स्वरमा ’पाली खरको’ सार्वजनिक

जन्मभुमि खबर
पोखरा ।
उत्कृष्ट गीतहरु बजारमा ल्याउँदै आएको थ्री स्टार मिडियाले फेरी उत्तिकै उत्कृष्ट गीत ‘पाली खरको’ युट्युवमा सार्वजनिक गरेको छ । पिरतिमा एक-अर्का बिच विश्वाश हराउँदै गएको भाव गीतमा पाउन सकिन्छ ।

गीतमा रमेश गौतम र सरिता अधिकारीको आवाज रहेको छ । कमल अर्यालले शब्द सिर्जना गरेको गीतमा टेक नारायण चापागाईं ‘टिएनसी’ ले लय सिर्जना गरेका हुन । सुनिल परियारले संगीत संयोजन गरेको गीतलाई वानडिबी एचडी काठमाडौंमा रेकर्डिङ गरिएको हो । गीतको अडियो मिक्सिङ तथा मास्टरिङ्ग भने एचएनबी किस्मतले गरेका हुन ।

भिडियोमा रमेश गौतम र बिना रावतको दमदार अभिनय तथा नृत्य रहेको छ । निसान एस.केले निर्देशन् गरेको गीतलाई दिपक गिरीले छायांकन गरेका हुन भने गीतको भिडियो सम्पादन अमृत चापागाईंले गरेका हुन । भिडियो जनता डिजिटल एण्ड फिल्मस्को ब्यानरमा निर्माण भएको हो ।

गीतको पुरै भिडियो हेर्नको लागी यहाँ क्लिक गर्नुहोस् :-