जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

मेस्सीले छाड्ने भए स्पेनिस क्लब बार्सिलोना

अर्जेन्टिनी सुपरस्टार लिओनल मेस्सीले स्पेनिस क्लब बार्सिलोना छाड्ने भएका छन् ।

मेस्सी र क्लबबीच सम्झौता थप्नबारे भएको सहमतिमा बिहीबार हस्ताक्षर गर्ने तय थियो, तर आर्थिक र (ला लिगाको) संरचनात्मक बाधाका कारण सम्झौता हुन सकेन । अब मेस्सी बार्सिलोनामा नबस्ने भएका छन् ।

बार्सिलोनाले एक विज्ञप्ति निकाल्दै मेस्सीले क्लब छाडेको जनाएको छ ।

क्लबको एकेडेमीमा हुर्किएका मेस्सी अब फ्री ट्रान्सफरमा अन्य क्लब जानेछन् ।

मेस्सी गत जुन ३० बाट फ्री एजेन्ट बनेका थिए ।
३४ वर्षीय मेस्सीले २००४ मा बार्सिलोनाको सिनियर टिममा डेब्यु गरेका थिए ।

बार्सिलोनाका कीर्तिमानी खेलाडी मेस्सीले ७ सय ९४ खेलमा ६ सय ६८ गोल गरेका छन् ।