जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

मुलुकभर ९ हजार १९६ जना नयाँ कोरोना संक्रमित थपिए, ५० को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो समय दिनप्रति दिन कोरोना संक्रमितहरू तीब्र रुपमा बढिरहेका छन् । मुलुकभर पछिल्लो २४ घण्टामा हालसम्मकै बसै भन्दा बढी कोरोना संक्रमित फेला परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकभर २० हजार ४८२ जनाको पीसीर/एन्टिजेन परीक्षण ९ हजार १९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

१९ हजार ९८७ जनाको आरटी–पीसीआर परीक्षण गर्दा ९ हजार २३ जना र ४ सय ९५ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा मुलुकभर ९ हजार १९६ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ३ लाख ७७ हजार ६०३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ हजार ९०५ संक्रमित निको भए, ५० को मृत्यु

कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ हजार ९०५ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट २ हजार ९०५ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ९५ हजार ३९५ पुगेको छ ।

यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ३ सय ८० रहेको छ । पछिल्लो २४ घण्टामा देशभर २० हजार ४८२ जनाको पीसीआर/एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल २५ लाख ९८ हजार ४०५ जनाको पीसीआर/एन्टिजेन परीक्षण भएको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप ५० संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ५७९ पुगेको छ ।