जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

माछापुछ्रे गाउँपालिका का १२ जना सहित पोखरामा थप २० जनामा संक्रमण पुष्ठि

जन्मभुमि खबर
पोखरा ।

बिहीबार कास्कीका २० सहित गण्डकीका २९ जनामा कोरोना पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा जारी विज्ञप्ति अनुसार आज गण्डकीका १८० जनामा गरिएको परीक्षणमा थप २९ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

आज कास्कीका १४७ जनाको परीक्षणमा माछापुछ्रे गाउँपालिकाको वडा नं -४ मा मात्र ६ जना १५, ३७, ३८,३८, ५० र ५२ वर्षका पुरुष र १ जना ३५ वर्षीया महिलामा कोरोना पुष्टि भएको छ । यस्तै वडा नं -१ का ६० वर्षीय पुरुष, वडा नं -२ का ४३ वर्षीय पुरुष, वडा नं -११ की २४ वर्षीया महिला, वडा नं -१२ की ४३ वर्षीया महिला, वडा नं -१७ की ५४ वर्षीया महिला र वडा नं -१८ की ३२ महिलामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

यस्तै कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं -११ का २१ वर्षीय दुई जना पुरुषको रिपोर्ट पनि कोरोना पोजेटिभ आएको छ भने, अन्य संक्रमित पोखरा महानगरपालिकाका विभिन्न् वडाका छन् ।

यस्तै आज तनहुँका १२ जनाको परीक्षणमा भिमाद नगरपालिकाका २ जनामा कोरोना पुष्टि भएको छ ।

आज नै बाग्लुङका ११ जनाको परीक्षणमा बाग्लुङ नगरपालिकाका ५ जनामा कोरोना पुष्टि भएको छ ।