जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

महंगी विरुद्ध पोखरामा एमालेको प्रर्दशन

जन्मभुमि खबर ,
पोखरा ।

नेकपा एमालेले सरकारको राजीनामा माग गरेको छ । महंगी र भष्टाचार बिरुद्ध एमालेका जनसंगठन संयन्त्रको आयोजनामा भएको बृहत प्रर्दशनमा एमालेले प्रधानमन्त्री विरुद्ध नाराबाजी गर्दै राजीनामा मागेको हो ।

वर्तमान पाँच दलिय गठबन्धन सरकारले ग्यास, पेट्रोल लगायत, बिभिन्न करमा गरेको मुल्यबृद्विको बिरोधमा प्रर्दशन गरेको हो । पोखरा सभागृहबाट सुरु भएको र्याली सभागृहचोक, सृजनाचोक, रत्नचोक, राष्टबैंकचोक हुद्ै सहिदचोकमा पुगेर विरोध सभामा परिणत भएको थियो । नालायक सरकार राजीनामा दे, प्रधानमन्त्री शेरबहादुर विरुद्ध नाराबाजी गदै महंगी फिर्ता गर्न माग गरेका थिए ।

कार्यक्रममा एमालेका नेता तथा कार्यकर्ताहरुहको सहभागीता रहेको थियो । सभामा युवा संघ कास्कीका अध्यक्ष पानबहादुर घर्ती, मुक्ति समाजका नेता धनबहादुर नेपाली, लोकतान्त्रिक आदिवासी जनजाती महासंघका नेता, अनेरास्ववियू कास्कीका संयोजक विजय पौडेल लगायतले सरकारले महंगी बढाएर जनताको ढाड सेक्ने काम गरेको आरोप लगाए ।