जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

बेसहारा बृद्धबृद्धाहरुलाई खाद्यान्न सहयोग गरेर प्रमिशाले मनाइन जन्मोत्सव

जन्मभुमि खबर
नारायण के सी, पोखरा

बेसहारा बृद्धबृद्धाहरुलाई खाद्यान्न सहयोग गरेर पोखरा महानगरपालिका १० बुद्ध चाेक निवासी प्रमिशा गुरुङले २७ औं जन्मोत्सव मनाएकी छन ।
प्रमिशा गुरुङ्गले हरेक बर्ष गरिव, बेसहारालाई सहयोग गरेर जन्मोत्सव मनाउने क्रममा यसपालि पोखरा १४ स्थित वात्श्यायन बृद्धाश्रमलाई २० हजार रुपयाँ बराबरको खाद्यान्न सहयोग गरेकी हुन ।
परोपकार सामाजिक काममा रमाउने समाजसेवि गुरुङ्गले बृद्धाश्रमलाई चामल, दाल, चीनी, बिस्कुट, नून, तेल, मसला, आलु, खुर्साँनी ,केरा, अङ्गुर , स्याउ लगायतका खाद्य सामाग्री लगेर आश्रमलाई दिएकी थईन।
रचनात्मक काम गरेर बिपन्न र गरिव मानिसलाई सेवा गर्ने संस्कारको बिकास गर्नुपर्ने गुरुङ्गले बताईन । गुरुङ्गले यसअघि पनि गाँस, बाँस, कपासको समस्या झेलेका मानिसहरुलाई बेला बेलामा दान गरेर परोकारको काम गर्दै आएकी छन ।