जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

बिरामी छोरीलाई भेट्न पुगेकी धनसरी मणिपाल शिक्षण अस्पताबाट खसेर मृत्यु

जन्मभुमि खबर ,
पोखरा ।

पोखरा-११ फुलबारीस्थित मणिपाल शिक्षण अस्पतालबाट खसेर एक महिलाको मृत्यु भएको छ ।

मुटुसम्बन्धी विरामी भएर भर्ना भएकी छोरालाई भेट्न पुगेकी पोखरा-१८ सराङकोटकी अन्दाजी ६५ वर्षीय धनसरी घर्तीको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीकाअनुसार धनसरीकी छोरी पूर्णकुमारी केही दिनदेखि मुटुसम्बन्धी समस्याका कारण मणिपालमै उपचाररत थिइन् ।

छोरी भेट्न पुगेकी धनसरी मणिपाल शिक्षण अस्पतालको तेस्रो तलाबाट खसेकी थिइन् र उनको तत्कालै मृत्यु भएको प्रहरीले जनाएको छ ।