जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

बराल वंश प्रतिष्ठानकाे अध्यक्षमा हरि प्रसाद

विवेक न्याैपाने
बराल वंश प्रतिष्ठान पश्चिमान्चल समन्वय समिति छैठौं
वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन एवं शुभकामना आदान प्रदान कार्यक्रम मंगलबारका दिन सम्पन्न भएकाे छ ।

कार्यक्रमका प्रमुख अतिथि माननीय अर्थमन्त्री रामजी प्रसाद बरालले संस्थाका जिम्मेवारी पूरा गरेकोमा बिशेष धन्यवाद दिदै आफुले आवश्यक खण्डमा सहयाेग गर्ने बताउनु भयाे

संस्थाका कार्यबाहक अध्यक्ष हरि प्रसाद बरालले सबै बन्धुहरुलाई एकै साेचले काम गर्नुपर्ने कुरा राख्दै बडा दशैँकाे शुभकामना दिनु भएको थियो ।

बराल वंश प्रतिष्ठान पश्चिमान्चल समन्वय समिति छैठौं
वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनबाट अध्यक्षमा हरि प्रसाद बराल,उपाध्यक्षमा बासुदेव बराल,सचिवमा सराेज प्रसाद बराल,सहसचिवमा सुर्य बराल, काेषाध्यक्षमा धनपति बराल र सदस्यहरुमा बेदनाथ बराल,भाेजराज बराल,माेहन बराल र राेहित बराल निर्वाचित हुनु भएकाे थियाे ।

संस्थाका सचिव सराेज नारायण बरालले संस्थाकाे वार्षिक प्रतिवेदन र कार्यक्रम संचालन गर्नु भएको थियो ।