जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

बढ्यो सुनको मुल्य

बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई सयले बढ्दै  ९७ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला ९६ हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बुधबार चाँदीको मूल्य भने घटेको छ। मंगलबार १२ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ।