जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

फेरियो एमालेकाे आधिकारिक लाेगाे , दुईपटकभन्दा बढी कार्यकारी पदमा बस्न नपाइने, ७० वर्षपछि विश्राम लिनुपर्ने 

नेकपा (एमाले)मा एक व्यक्तिले दुईपटकभन्दा बढी कार्यकारी पदमा उमेदवार बन्न नपाइने व्यवस्था गरिएको छ ।

पहिलो विधान महाधिवेशनमा उठेको सवालहरूको आइतबार जवाफ दिँदै उपमहासचिव विष्णु पौडेलले कुनै नेताले जिते पनि हारे पति दुईपटकभन्दा बढी उमेदवार बन्न नपाइने व्यवस्था गरिएको बताए । उनका अनुसार एउटै कार्यकारी पदमा एकै व्यक्ति दुईपटकभन्दा बढी उमेदवार बन्न नपाइने व्यवस्था गरिएको हो ।

यस्तै, उमेरहदको सम्बन्धमा पनि ७० वर्ष कायम गरिएको छ । कुनै व्यक्ति  ७० वर्ष नपुग्दासम्म पदमा लड्न र बसेर काम गर्न पाउनेछन् ।

तर, कार्यकालको बीचमा ७० वर्ष पुगे वा कटे उसलाई त्यो कार्यावधिभर काम गर्न पदमा बस्न पाउने व्यवस्था गरिएको पौडेलले बताए ।

नेकपा एमालेले आफ्नाे आधिकारिक लाेगाे फेरेकाे छ । ललितपुरकाे गाेदावरीमा जारी प्रथम विधान महाधिवेशनले नयाँ लाेगाे पारित गरेकाे हाे ।

उपमहासचिव विष्णुप्रसाद पाैडेलले विधान संसाेधन प्रस्तावमाथि जवाफ दिने क्रममा एमालेकाे नयाँ लाेगाे प्रस्ताव गरेका हुन् । एमालेकाे अवकाे लाेगाे सूर्यभित्र राताे पृष्ठभूमिमा सुनाैलाे हँसिया हथौडा रहनेछ । महाधिवेशनका प्रतिनिधिहरूले साे लाेगाे ताली बजाएर पारित गरेका छन् ।