जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

प्रेस सेन्टर महानगर कमिटी पोखरा द्वारा जनपक्षिय पत्रकारिता पुरस्कार स्थापना गर्ने घोषणा

जन्मभुमि खबर ,
पोखरा ।

प्रेस सेन्टर नेपाल महानगर कमिटि पोखराले आफ्नो पहिलो बैठक बाट जनपक्षिय पत्रकारिता पुरस्कार स्थापना गर्ने निर्णय सहित घोषणा गरेको छ। नेकपा माओवादि केन्द्र निकट प्रेस सेण्टर नेपाल शिबराज बस्ताकोटि शिवदाइ अध्यक्ष रहनेगरि ११ सदस्यिय प्रेस सेण्टर महानगर कमिटि पोखरा नेपालमै पहिलो पटक गठन भएको छ। पहिलो बैठक पुर्भारम्भमा प्रमुख अतिथि नेकपा माओवादि केन्द्र महानगर कमिटि अध्यक्ष विश्वप्रकास लामि छानेको आतिथ्यमा प्रेस सेण्टर कमिटि का पदाधिकारी सहित सहिद पार्कमा पुगि शहिदहरुलाइ पुष्प गुच्छा अर्पण सहित श्रद्धाञ्जली गरिएको थियो । उक्त श्रद्धाञ्जली कार्यक्रममा विशेष अतिथि प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य राम प्रसाद तिमिल्सिनाको पनि उपस्थिति रहेको थियो।

वैठक हुनु अघि पाटि अध्यक्ष पुस्प कमल दहाल सुपुत्र स्वर्गीय प्रकाश दहालको चौथौ स्मृति स्मरण दिवस परेको अवसरमा प्रथम बैठक पुर्व वहाको स्मृतिमा प्रमुख अतिथि नेकपा माओवादि केन्द्र महानगर कमिटि अध्यक्ष विश्व प्रकाश लामिछाने ज्यु विशेष अतिथि प्रेस सेण्टर नेपालका केन्द्रीय सदस्य रामप्रसाद तिमिल्सिना तथा अतिथि प्रेस सेण्टर कास्कीका अध्यक्ष कृष्ण दवाडि साथै महानगर कमिटि अध्यक्ष शिवराज बस्ताकोटि( शिवदाइ) लगायत सम्पुर्ण कार्य समितिका पदाधिकारी सहितको उपस्थितिमा पुष्पगुच्छा अर्पण गरिनुका साथै श्रद्धाञ्जली व्यक्त गरिएको थियो। प्रथम बैठकमा प्रमुख अतिथि लामिछानेले सफलताको शुभकामना दिनु हुदै पत्रकारिता भनेको सिङ्गो देसकै आधारशिला भएको र आवाज विहिन जनताको आवाज रहेको हुदा सत्य तथ्य यथार्थ समाचार लेख्न अनुरोध गर्नु भयो। देसमा परिवर्तन आउनुमा सचार जगतको महत्त्वपूर्ण भुमिका रहेको हुदा परिवर्तनका लागि अगाडि बढ्न सुझाउनु भयो । विशेष अतिथि तिमिल्सिनाले सफलताको शुभकामना दिनु हुँदै आफुहरु पत्रकार हरुको हक हित र सरक्षणका लागि सदा सहयोग गर्न लागि पर्ने बताउनु भयो।प्रेस सेण्टर कास्की अध्यक्ष दवाडिले सफलताको शुभकामना दिनु हुदै महानगर कमिटि सग हातेमालो गर्दै आफुहरु अगाडि बढ्ने जनाउदै पत्रकारको हकहित र सरक्षणका लागि मात्रै नभएर असल पत्रकारिताका लागि आफुले महानगर कमिटिलाइ सदा सहयोग गर्ने बताउनु भएको थियो ।
आफ्नो पहिलो बैठकमा कमिटिले पत्रकारका हक हित सरक्षणका लागि साथै व्यवशायिक पत्रकारिता लाई स्थापित गराउदै अगाडि बढाउने लक्ष सहित जनपक्षिय पत्रकारिता पुरस्कारका लागि अक्षयकोष स्थापना गर्ने लक्ष सहित ११ बुदे घोषणा पत्र जारि गरेको छ । कमिटिका कुनैपनि सदस्य दुर्घटना वा घटना भएकै कारण घाइते भएमा न्युनतम दुई हजार राशि सहयोग गर्ने कुनैपनि सदस्यको एकाघरमा आकस्मिक वा दुखद घटना भएमा न्युनतम पाच हजार सस्थागत सहय‍ोग गर्ने ।कुनैपनि सदस्य को परिवारमा नया सदस्यले जन्म लिएमा रु पाच हजार सहित सन्मान गर्ने।एक मिडिया एक प्रेस सेण्टर सदस्य बनाउने प्रयास गर्ने एक वडा एक पत्रकार अनिवार्य अभियानको थालनि गर्ने । प्रेस सेण्टर त्रैमासिक महानगर बुलेटिन प्रकासनका लागि सक्दो प्रयास र अभ्यास गर्ने । सचार क्षेत्रलाइ सक्षम सबल बनाउन स्थलगत पत्रकारिता तालिमका लागि सम्वन्धित सरोकार निकायसग समन्वयन गरि तालिमको व्यवस्था गर्ने । श्रमजिवि ऐनमा उल्लेख भए बमोजिम श्रमजिवि पत्रकार हरुका जिविकोपार्जनका लागि भरोसायोग्य तलव का लागि सरकार तथा सचार गृह सग सहज वातावरण बनाउन अनुरोध गर्ने कुनै पनि सचार गृहले आफु खुसि विना कारण निष्कासन गरेमा कमसेकम तीन महिनाको तलब दिनु पर्ने व्यवस्था मिलाउनका लागि पहल गर्ने घोषणापत्र सहित कार्यसमितिका उपाध्यक्ष राजेन्द्र शर्मा सचिव हिमलाल पौडेल कोषाध्यक्ष सपना विक लगाएत कार्य समिति सदस्य हरुको उपस्थितिमा प्रथम बैठक सम्पन्न भएको अध्यक्ष बस्ताकोटिले बताए ।