जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

प्रधानमन्त्री कप क्रिकेटको लागि गण्डकी प्रदेशको टोली घोषणा

जन्मभुमि खबर ,
पोखरा ।

गण्डकी प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्ने टोली घोषणा गरेको छ ।

गण्डकीले विपीन खत्रीको नेतृत्वमा १४ सदस्यीय टोली घोषणा गरेको हो । टोलीको प्रशिक्षकमा रिजन प्रजु रहनेछन् ।

पुस १९ देखि २५ गतेसम्म भएको छनोट प्रतियोगिताबाट टोली घोषणा गरिएको हो । फाइनलमा तनहुँलाई पराजित गर्दै स्याङ्जाले छनोट प्रतियोगिताको उपाधि जितेको थियो ।

नेपाल क्रिकेट संघ क्यानको आयोजनामा प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता पुस २८ देखि माघ २० गतेसम्म काठमाडौं र रुपन्देहीमा हुँदैछ ।

गण्डकी टोलीमा रहेका खेलाडीहरु

विपीन खत्री (कप्तान), समीर कँडेल (उपकप्तान), ईश्वर क्षेत्री, मुस्कान थापामगर, रोशन गौतम, क्रिश आयर, कमल परियार, अमृत गुरुङ, कृष्ण पौडेल, करण पंगेनी, सन्दीप पराजुली, आश्विन रानामगर, चन्द्रकान्त पौडेल र अंकित पौडेल ।