जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

प्रतिलिटर १० रुपैयाँले बढ्यो पेट्रोल , डिजेल , मट्टीतेल

सरकारले डिजेल, पेट्रोल र मट्टीतेलको ह्वात्तै बढाएको छ । वाणिज्य सचिव डा. गणेशप्रसाद पाण्डेय नेतृत्वको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ मूल्य बढाउने निर्णय गरेको हो । अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १५३ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

निगम सञ्चालक समितिको बैठकले शनिबार रातिदेखि लागु हुनेगरी मूल्य बढाउने निर्णय गरेको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए । स्थानीय तहको निर्वाचनलगत्तै सरकारले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको हो ।

मूल्य बढाएपछि पनि नेपाल आयल निगमलाई पेट्रोलमा प्रतिलिटर १४ दशमलव ३६ रुपैयाँ र डिजेलमा प्रतिलिटर ३१ दशमलव ४४ रुपैयाँ घाटा रहेको जनाइएको छ ।