जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

प्रतिमान निमा स्मृति प्रतिष्ठान द्वारा गण्डकी सरकारलाई ८५ लाखको स्वास्थ्य सामग्री

जन्मभुमि खबर,

पोखरा ।

गण्डकी प्रदेश सरकारलाई प्रतिमान निमा स्मृति प्रतिष्ठानले कोभिडसँग सम्बन्धित स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

प्रतिष्ठानलाई अमेरिकाबाट प्राप्त स्वास्थ्य सामग्री प्रतिष्ठानकी कार्यकारी निर्देशन स्वाती थापाले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई हस्तान्तरण गरिन् । झण्डै ८५ लाख रुपैयाँ बरारबरका ती सामग्री मुख्यमन्त्री पोखरेलले स्वास्थ्य तथा जनसंख्यामन्त्री मधुमाया अधिकारी गुरुङलाई प्रदान गरे ।

गाउन आइसोलेसन, फेस सिल्ड, मास्क, एन ९५ मास्क, डिजिटल थर्मोमिटर, पिपिई सेट, इमर्जेन्सी रिलिफ बेड, पञ्जा लगायतका सामग्री प्रतिष्ठानले सरकारलाई प्रदान गरेको हो ।