जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

प्रतितोला एक हजार रुपैयाँ बढ्यो सुनको मूल्य

केही दिनदेखि घट्ने क्रममा रहेको सुनको मूल्य बिहीबार भने बढेको छ।

नेपाली बजारमा आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार रुपैयाँ बढेको हो।

बुधबार सुन तोलामा चार सय रुपैयाँ घटेको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९७ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९७ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार छापावाल सुन प्रतितोला ९६ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १३ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार चाँदी प्रतितोला १२ सय ७५ रुपैयाँमा कारोबार भएको थियो। बुधबारको तुलनामा आज चाँदी प्रतितोला ३० रुपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय ३४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।