जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा र स्याङ्जाका दुई युवक लागुऔषध सहित फुस्रेखोलाबाट पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।
पोखरामा दुई युवा लागुऔषधसहित पक्राउ परेका छन् । कास्कीको पोखरा महानगरपालिका वडा नं १७ बिरौटा बस्ने ३१ वर्षीय सुरज कुमार क्षेत्री र स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका वडा नं २ घर भइ हाल बिरौटा बस्ने ३२ वर्षीय दीपक कुँवर पक्राउ परेका हुन् ।

ग १६ प ५१५७ नं.को स्कुटरमा सवार क्षेत्री र पछाडि बस्ने कुँवरलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको गस्ती टोलीले हिजाे साढे २ बजे महानगरको वडा नं २१ फुस्रेखोला नजिकबाट पक्राउ गरेको जनाइएको छ ।

गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक मोहन प्रसाद पोखरेलले दिएको जानकारी अनुसार उनीहरुका साथबाट फेनारगन ७० एम्पुल, डाईजापाम ७४ एम्पुल र नोर्फिन ६६ एम्पुल गरी जम्मा २१० एम्पुल लागु औषध फेला परेको थियो । प्रहरीले दुवैजनालाई नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको पोखरेलले बताउनुभएको छ ।