जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा महानगरपालिका वडा नंवर ३३ मा बिषालु च्याउ खाँदा ७ जना बिरामी

जन्मभुमि खबर,
पोखरा ।

पोखरामा विषालु च्याउ खाँदा एकै घरका सातसहित आठ जना बेहोस भएका छन् ।

पोखरा महानगरपालिका वडा नंवर ३३ पूंडी स्थित धारापानी सामुदायिक बनबाट नाम नखुलेको च्याउ घरमा ल्याएर खाँदा एकै घरका सातसहित आठ जना बेहोस भएको प्रहरी नायव उपारिक्षक श्रवण कुमार विकले जानकारी दिए ।

बेहोस हुनेमा सोही स्थान निवासी ४५ वर्षीय गोठे पुन, श्रीमती ४० वर्षीया लिला पुन, १३ वर्षीय छोरा पूर्ण पुन, १० वर्षीया छोरी बिनिता पुन, ८ वर्षीया छोरी अस्मिता पुन, ६ वर्षिया छोरी माया पुन र छिमेकी ५२ वर्षीया गौमाया पुन रहेकी छन् ।

उनीहरु सबैको अहिले पश्चिमान्चल क्षेत्रिय अस्पतालमा उपचार भैरहेको छ भने, घटनाका विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।