जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा मलमा आगलागी , करिब १ करोड क्षति

जन्मभुमि खबर ,
पोखरा ।

शुक्रबार राती पोखरा ९ पृथ्वीचोक स्थित पोखरा मलमा आगलागी भएको छ । पोखरा मलमा रहेको २० नम्बर सटरमा रहेको फेन्सी पसलमा राती करिब ९ बजे आगलागी भएको हो ।

आगलागीबाट पसलमा रहेका सामानहरु जलेर नस्ट भएका छन् । भरत खत्रीले सन्चालन गर्दै आएको फेन्सीमा रहेका कपडा, जुत्ता, झोला, कम्प्युटर, सिसि क्यामरा लगाएतका सामानहरु जलेका प्रहरीले जानकारी दिएको छ ।

आगलागीबाट करिब १ करोड क्षति गरको प्रहरीको अनुमान छ । आगोलाई पोखरा महागनरपालिकाको दमक, प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा करिब ३० मिनेटमा नै नियन्त्रणमा लिइएकाले थप क्ष ति हुन पाएन । सो मलमा नेपाल बैकको कार्यलय सहित दर्जनौं पसल छन । आगलागी के कसरी भयो अनुसन्धान जारी रहेको प्रहरीको भनाइ रहेको छ ।