जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा नयाँबजारमा स्कुटर मर्मत गर्दागर्दै आगोलागी

जन्मभुमि खबर ,
पोखरा ।

पोखराको नयाँबजारमा आज दिउँसो स्कुटर मर्मत गर्दागर्दै आगोलागी भएको छ । आगोलागीबाट स्कुटर पूर्णरुपमा नष्ट भयो । नयाँबजार स्थित ग्रेस मोटरसाइकल सर्भिस सेन्टरमा मर्मत गर्न ल्याइएको ग ७ प ५७५७ नम्बरको स्कुटरमा वेल्डिङ गर्दै गर्दा आगो भएको स्कुटर धनी कर्णबहादुर पुनले बताए । ‘बाटोमा हिँड्दा साइलेन्सरबाट आवाज आयो । वर्कसपमा देखाउँछु भनेर ल्याएको । यहाँ वेल्डिङ गर्दै हुनुहुन्थ्यो । वेल्डिङ गर्दा गर्दै जल्यो,’ उनले भने ।

स्थानीयका अनुसार ग्रेस मोटरसाइकल सर्भिसमा आगोलागी भएको यो तेस्रो पटक हो । सवारी मर्मत गर्ने क्रममा हेलचक्राइ गर्दा आफ्नो स्कुटर जलेको कर्णबहादुरले बताए । ‘केही नहोला भनेर साइडमै मर्मत गरेको हेरीरहेको थिए । स्कुटरमा एक्कासी आगो लाग्यो । स्कुटर भित्र लाइसेन्स ,ब्लुबुक र अन्य कागजपत्र पनि निकाल्न पाइन,पुनले भने ।