जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा शुक्रबार थप ३६ जनामा संक्रमण पुष्टि

जन्मभुमि खबर ,
पोखरा ।

पोखरामा आज थप ३६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले उपलब्ध गराएको पछिल्लो विवरण अनुसार क्षयरोग उपचार केन्द्र पोखरा तथा लाइफ केयर एण्ड डायग्नोस्टिक प्रालि पोखरामा गरिएको परीक्षणका क्रममा पोखरामा थप ३६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर २ मा ४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा २२ वर्षीय १ जना महिलासहित २१, ३७ र ५६ वर्षीय ३ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

५ नम्बर वडामा ३२ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पोखार ६ मा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा २४ र ५६ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

पोखरा ८ मा ३ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा १३ वर्षीय १ जना बालक तथा २८ वर्षीय १ जना पुरुषसहित ४१ वर्षीय १ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

वडा नम्बर ९ मा ४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ४४ र ४९ वर्षीय २ जना पुरुषसहितच १९ वर्षीय १ जना किशोरी र ४१ वर्षीय १ जना महिलालाई संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर १० मा ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा १८ वर्षीय १ जना किशोरी तथा ४३ वर्षीय १ जना महिला र १५ वर्षीय १ जना बालकलाई संक्रमण पुष्टि भएको हो ।

११ नम्बर वडामा ३ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा ४६ वर्षीय १ जना महिलासहित २४ र २८ वर्षीय २ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पोखरा १२ मा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ३५ र ४५ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

वडा नम्बर १४ मा ३४ वर्षीय १ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर १५ मा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा २६ वर्षीय १ जना महिलासहित १५ वर्षीय १ जना किशोरलाई संक्रमण पुष्टि भएको हो ।

१६ नम्बर वडामा २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा ३० वर्षीय १ जना पुरुषसहित ४८ वर्षीय १ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पोखरा १७ मा ३४ वर्षीय १ जना महिला, १९ मा ३४ वर्षीय १ जना पुरुष, २० मा २९ वर्षीय १ जना महिला, २३ मा ३० वर्षीय १ जना पुरुष तथा २६ मा २५ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

वडा नम्बर २९ मा ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ५२ र ५६ वर्षीय २ जना महिलासहित ५३ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर ३२ मा ३० वर्षीय १ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यस्तै गण्डकी प्रदेश कै अर्को जिल्ला बाग्लुङमा ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित जिल्लाको बाग्लुङ नगरपालिका अन्तरगत वडा नम्बर १ का २० वर्षीय १ जना महिला तथा ३६ र ७१ वर्षीय २ जना पुरुष हुन् ।

म्याग्दीमा १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित जिल्लाको जलजला गाउँपालिका वडा नम्बर ७ की १७ वर्षीय किशोरी हुन् ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १६ हजार ८ सय ६८ पुगेको छ ।