जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा मंगलबार साझ हावाहुरी चल्दा रुख ढल्यो, दुई जना घाइते, सवारीमा क्षती

जन्मभुमि खबर
पोखरा, ३१ चैत / पोखरामा मंगलबार करिब ५ बजे तिर पानी सहित आएको हावाहुरीले रुख भाचिदा दुई जना घाइते भएका छन् भने करिब आधा दर्जन सवारी साधनमा क्षति पुगेको छ ।

घाइतेको अवस्था सामान्य रहेको छ । हावाहुरीसँगै परेको पानीले पोखरा ११ रानीपौवामा एक रुख ढल्दा जिप, ट्याक्सी र मोटरसाइकलमा क्षति भएको हो ।

नेपाली सेनाको ब्यारेक र शोभाभगवती मन्दिर नजिक रुख सवारी आवागमन भई रहेका बेला ढलेको हो । तस्बिरः सुरज श्रेष्ठ