जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा भोलि देखि सुरु हुने राष्ट्रिय रेस्लिङ प्रतियोगिताको तयारी अन्तिम चरणमा

जन्मभुमि खबर
पोखरा ।
पोखरामा भोलि शुक्रबारदेखि राष्ट्रिय रेस्लिङ प्रतियोगिता हुने भएको छ । नेपाल रिङ रेस्लिङ सघंको आयोजनामा पोखरा रगंशालाको बहुउद्देश्यीय कभर्डहलमा सेकेण्ड नेशनल च्याम्पियनसीप २०२१ राष्ट्रिय रेस्लिङ प्रतियोगिता हुने बिहिवार पत्रकार
सम्मेलनमा जानकारी गराइएको हो ।

उक्त प्रतियोगितामा नुवाकोटे टाईगर, थागु, द यूव, डेभिड, साईन, टुप्पी ग्याङ, एक्स हिरो, सोफी, दिलाशा, चट्टान, लेडी एञ्जल, किङ रोवर्ट, तन्नु , सिजे, यूविएल , एससी, हुम्ली फाइटर, योगी, जोन लगायत देशका उत्कृष्ट महिला तथा पुरुष रेसलरहरुले प्रतिष्पर्धा गर्ने संघका महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम हुनेले नगद रु. १ लाख सहित च्याम्पियन वेल्ट प्राप्त गर्नेछन् । त्यस्तै दोस्रो स्थान प्राप्त गर्नेले नगद रु. ५० हजारका साथमा मेडल र प्रमाणपत्र हात पार्नेछन् ।प्रतियोगिता चैत २० र २१ गते दिनको २ बजेबाट सुरु हुने आयोजकले जनाएको छ । खेल हेर्न दर्शकले रु १ सय र २ सयको टिकट काट्नु पर्ने बताइएको छ ।

शुक्रबार र शनिबार गरी दुई दिनसम्म संचालन हुने उक्त प्रतियोगितामा दर्शकलाई मनोरञ्जन दिलाउन हास्य कलाकार सन्दीप क्षेत्रीको प्रस्तुति रहने छ भने कार्यक्रम दिक्षा कार्कीले संचालन गर्ने बताइएको छ । प्रतियोगिता सम्पन्न गर्नका लागि राष्ट्रिय खेलकूद परिषद, गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका लगायतका संस्थाहरुको सहयोग रहेको आयोजकले जानकारी दिएको छ ।