जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा बुधबार थप २८ जना कोरोना संक्रमण पुष्ठि

जन्मभुमि खबर
पोखरा ।

पोखरामा थप २८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको अध्यावधिक विवरण अनुसार विध ल्याब ललितपुर, क्षयरोग उपचार केन्द्र पोखरा तथा लाइफ केयर एण्ड डायग्नोस्टिक प्रालि पोखरामा गरिएको परीक्षणका क्रममा पोखरामा थप २८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर ४ मा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ४० र ५० वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

५ नम्बर वडामा १६ वर्षीय १ जना किशोरलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पोखरा ६ मा ४ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा २६ वर्षीय १ जना महिला सहित १७ वर्षीय १ जना किशोर तथा ३६ र ३९ वर्षीय २ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

वडा नम्बर ८ मा ५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा २३ वर्षीय १ जना पुरुष सहित ३०, ५१, ६० र ८५ वर्षीय ४ जना महिलालाई संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर १० मा ७८ वर्षीय १ जना पुरुष तथा ११ मा ४२ वर्षीय १ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

१३ नम्बर वडामा २ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित ५० र ५६ वर्षीय महिला हुन् ।

पोखरा १७ मा ५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा १६ वर्षीय १ जना किशोरीसहित २३, २६ र ४६ वर्षीय महिला तथा १९ वर्षीय १ जना किशोरलाई संक्रमण पुष्टि भएको हो ।

वडा नम्बर २४ मा २२ वर्षीय १ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर २५ मा ३ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा ४२ वर्षीय १ जना महिलासहित ४० र ५४ वर्षीय २ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

२९ नम्बर वडामा ८९ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।

पोखरा ३० मा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ३८ वर्षीय १ जना महिला तथा ३६ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

गण्डकी प्रदेशकै अर्को जिल्ला तनहुँमा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित जिल्लाको शुक्लागण्डकी नगरपालिका वडा नम्बर ६ की ४५ वर्षीय १ जना महिला तथा ४८ वर्षीय १ जना पुरुष रहेका छन् ।

त्यस्तै पर्वतमा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित जिल्लाको कुश्मा नगरपालिका वडा नम्बर ५ की १७ वर्षीय किशोरी तथा वडा नम्बर ११ का ५८ वर्षीय पुरुष रहेका छन् ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १६ हजार ७ सय ७२ पुगेको छ ।