जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा थप ८ जनालाई कोरोना संक्रमण पुष्टि

जन्मभुमि खबर
पोखरा । पोखरामा थप ८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले उपलब्ध गराएको जानकारी अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा पोखरामा थप ८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर ११ मा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितहरु १४ वर्षीय १ जना बालिका तथा २४ वर्षीय १ जना महिला रहेकी छिन् ।

२७ नम्बर वडामा ४ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा १९ वर्षीय १ जना किशोरी सहित ४७ वर्षीय १ जना महिला तथा १२ वर्षीय १ जना बालक सहित ८३ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पोखरा ३० मा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा २२ र ५५ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएका हो ।

गण्डकी प्रदेशको अर्को जिल्ला पर्वतमा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितहरु जिल्लाको कुश्मा नगरपालिका वडा नम्बर ५ मा ३६ र ५० वर्षीय २ जना पुरुष हुन् ।

त्यस्तै बाग्लुङमा १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित जिल्लाको काठेखोला ८ की ३८ वर्षीय महिला रहेकी छिन् ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १६ हजार १ सय ७ पुगेको छ ।