जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा थप ६९ जनालाई कोरोना संक्रमण पुष्टि,२ जनाको मृत्यु

जन्मभुमि खबर,
पोखरा ।

पोखरामा थप ६९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले उपलब्ध गराएको पछिल्लो अध्यावधिक विवरण अनुसार लाइफ केयर एण्ड डायग्नोस्टिक प्रालि पोखरा तथा क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा पोखरामा थप ६९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर २ मा २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा ४५ वर्षीय १ जना महिला तथा ३३ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

३ नम्बर वडामा ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ३३ र ६० वर्षीय २ जना महिलासहित २९ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

पोखरा ४ मा ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा २९, ४० र ५९ वर्षीय ३ जना महिलालाई संक्रमण पुष्टि भएको हो ।

वडा नम्बर ५ मा ९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा २९ र ४३ वर्षीय २ जना महिलासहित ५ र ९ वर्षीय २ जना बालक तथा २८, ३३, ३६ र ४८ वर्षीय ४ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर ६ मा ४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा २२, ३०, ५२ र ७० वर्षीय ४ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

७ नम्बर वडामा ३४ वर्षीय १ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

पोखरा ८ मा ९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा २५, ४९, ५८, ७० र ८४ वर्षीय ५ जना महिलासहित २३, ३१, ३३ र ३६ वर्षीय ४ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

वडा नम्बर ९ मा २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा २३ र ५१ वर्षीय २ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर १० मा ३ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा २३, २५ र ४६ वर्षीय ३ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

११ नम्बर वडामा ५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा २४ वर्षीय २ जना तथा ३५ र ४८ वर्षीय गरेर ४ जना पुरुष ताथ ४० वर्षीय १ जना महिलालाई संक्रमण पुष्टि भएको हो ।

पोखरा १२ मा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा २४ वर्षीय १ जना पुरुष तथा २२ वर्षीय १ जना महिलालाई संक्रमण पुष्टि भएको हो ।

वडा नम्बर १३ मा ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वाडमा ६१ वर्षीय १ जना महिलासहित १२ वर्षीय १ जना बालक र १८ वर्षीय १ जना किशोरलाई संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर १४ मा ४३ वर्षीय १ जना महिलालाई संक्रमण पुष्टि भएको छ ।

१५ नम्बर वडामा ४ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा २२, ३५ र ५६ वर्षीय ३ जना महिलासहित ५२ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पोखरा १६ मा ८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा १६ वर्षीय १ जना किशोरी, २१ वर्षीय ३ जना महिलासहित ३२ वर्षीय महिलालाई संक्रमण पुष्टि भएको छ । त्यस्तै सो वडामा ३३, ३८ र ४० वर्षीय ३ वर्षीय ३ जना पुरुषलाई समेत संक्रमण पुष्टि भएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर १९ मा २६ वर्षीय १ जना महिलालाई संक्रमण पुष्टि भएको छ ।

२५ नम्बर वडामा ३४ वर्षीय १ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पोखरा २६ मा १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ३२ वर्षीय महिलालाई संक्रमण पुष्टि भएको हो ।

वडा नम्बर ३३ मा ५३ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

त्यस्तै गण्डकी प्रदेशका अन्य जिल्ला नवलपरासीमा १२ जना, पर्वतमा ५ जना, स्याङ्जामा ३ जना, म्याग्दीमा ३ जना, तनहुँमा ३ जना तथा लमजुङमा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १७ हजार ८ सय ३८ पुगेको छ ।

पोखराका २ जनाले कोरोनाबाट पछिल्लो समय ज्यान गुमाएका छन् । यसरी ज्यान गुमाउनेमा पोखरा २५ का ९१ वर्षीय वृद्ध रहेका छन् । उनको आज बिहान ५ बजेर ४९ मिनेट जाँदा उपचार कै क्रममा पोखराको मेडिप्लस अस्पतालमा ज्यान गएको हो । उनलाई वैशाख ७ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै पोखरा १ की १ जना महिलाको समेत कोरोना संक्रमणबाट ज्यान गएको छ । ५५ वर्षीय उनको आज दिउँसो १२ बजेर ५४ मिनेट जाँदा उपचार कै क्रममा मेडिप्लस अस्पतालमा नै ज्यान गएको हो । उनलाई वैशाख ११ गतेमात्रै कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।