जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा थप ३६ जनालाई कोरोना संक्रमण

जन्मभुमि खबर
पोखरा ।

पोखरामा थप ३६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको जानकारी अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, क्षयरोग उपचार केन्द्र तथा लाइफ केयर डायग्नोस्टिक प्रालि पोखरामा गरिएको परीक्षणका क्रममा पोखरामा थप ३६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर १ मा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ३६ वर्षीय १ जना महिला तथा ४१ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

३ नम्बर वडामा २० वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पोखरा ७ मा ३ जनालाई कोरोना भाइरस संक्तमण पुष्टि भएको छ । सो वडामा ४६ र ७३ वर्षीय २ जना महिला तगा २३ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

वडा नम्बर ८ मा २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा ४८ र ५५ वर्षीय २ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर १० मा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा २० र ३६ वर्षीय २ जना महिलालाई संक्रमण पुष्टि भएको हो ।

११ नम्बर वडामा २९ वर्षीय १ जना पुरुष तथा १२ नम्बर वडामा ६२ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पोखरा १४ मा ३ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा ४४ वर्षीय १ जना महिला सहित २८ वर्षीय २ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

वडा नम्बर १५ मा ६३ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर १७ मा ५ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा ४४ र ५२ वर्षीय २ जना महिलासहित ३८, ६६ र ८५ वर्षीय ३ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

१८ नम्बर वडामा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ४९ वर्षीय १ जना पुरुष तथा ७३ वर्षीय १ जना महिलालाई संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर १९ मा २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा ४० वर्षीय १ जना महिला तथा ४९ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

२३ नम्बर वडामा २३ वर्षीय १ जना महिलालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

पोखरा २६ मा ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ८२ वर्षीय १ जना पुरुष तथा २३ र ४५ वर्षीय २ जना महिलालाई संक्रमण पुष्टि भएको हो ।

वडा नम्बर ३१ मा ६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ३८ र ३३ वर्षीय २ जना पुरुषसहित २१, २८, ३६ र ४० वर्षीय ४ जना महिलालाई संक्रमण पुष्टि भएको हो ।
पोखरा माहनगरपालिका वडा नम्बर ३२ मा १ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा ४३ वर्षीय १ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

गण्डकी प्रदेशको अर्को जिल्ला बाग्लुङमा ४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितहरु सो जिल्ला अन्तरगत बाग्लुङ नगरपालिका वडा नम्बर २ मा २८ वर्षीय १ जना पुरुष, ४ का ३१ वर्षीय १ जना महिला तथा ७ की ४९ वर्षीय १ जना महिला रहेकी छिन् । त्यस्तै सोही जिल्लाको जैमिनी १० की ३३ वर्षीय १ जना महिलालाई पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पर्वतमा १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित जिल्लाको कुश्मा नगरपालिका वडा नम्बर २ की १६ वर्षीय किशोरी रहेकी छिन् ।

यता तनहुँमा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित सो जिल्ला अन्तरगत भीमाद नगरपालिका वडा नम्बर ९ की ३७ र ६५ वर्षीय महिला रहेकी छिन् ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १६ हजार २ सय ३ पुगेको छ ।