जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा थप २३ जना कोरोना संक्रमित थपिए

जन्मभुमि खबर
पोखरा । पोखरामा थप २३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको जानकारी अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लाइफ केयर डायग्नोस्टिक प्रालि पोखरा तथा क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा पोखरामा थप २३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर ५ मा ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा १८ वर्षीय १ जना किशोरीसहित २८ र ४७ वर्षीय २ जना महिलालाई संक्रमण पुष्टि भएको हो ।

७ नम्बर वडामा ५० वर्षीय १ जना महिला तथा ८ मा ४२ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पोखरा १२ मा २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा ४८ वर्षीय १ जना महिला तथा ४३ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

वडा नम्बर १३ मा ४२ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर १५ मा २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा २३ तथा ७७ वर्षीय २ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

१६ नम्बर वडामा ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा २९ वर्षीय १ जना महिलासहित ५२ र ६८ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

पोखरा १७ मा २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा ३२ वर्षीय १ जना महिला तथा ४८ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

वडा नम्बर २९ मा ३७ वर्षीय १ जना महिला, ३० मा ४३ वर्षीय १ जना महिला तथा ३१ मा ५७ वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर ३२ मा ५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ४१ वर्षीय १ जना महिला तथा १५ वर्षीय बालक सहित २५, ३९ र ७६ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

यस्तै गण्डकी प्रदेशका अन्य जिल्ला तनहुँमा १ जना, पर्वतमा १ जना तथा स्याङ्जामा १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १६ हजार ९६ पुगेको छ ।