जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा जारी टी–ट्वान्टी क्रिकेट लिगमा पोखरा र चितवनको जित

जन्मभुमि खबर
पोखरा
चितवन क्रिकेट क्लव र सुपर जनरल पोखराले पोखरा रंगशालामा जारी क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबारका खेलमा जित हाँसिल गरेका छन् ।

चितवनले काठमाण्डौको बालुवाटारलाई तथा आयोजक पोखराले स्याङ्जा क्रिकेट क्लवमाथि जित निकालेको हो ।

के.एन. स्पोर्टस प्रालिको आयोजना तथा सुपर जनरल कम्पनीको मुख्य प्रायोजनमा जारी प्रतियोगितामा मंगलबारको पहिलो खेलमा चितवन ४ विकेटले विजयी भएको हो ।

पहिला व्याटिङ्ग गरेको बालुवाटारले पुरा २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १ सय २६ रन बनाएको थियो जसमा कप्तान सुमन उदयले २९ रनको पारी खेले । चिवतनका दिपेश श्रेष्ठले ३ विकेट लिए ।

जितका लागि १ सय २७ रनको लक्ष्य पाएको चितवनले १४.४ ओभरमा ७ विकेट गुमाएर लक्ष्य पार गरो । चितनको जितमा विन्धेश्वरी भाँडा उद्योग म्यान अफ द म्याच हुन सफल प्रतिक शर्माले ५३ रनको महत्वपूर्ण योगदान दिए ।

३३ बलको सामना गरेका उनले २ छक्का र ४ चौका प्रहार गरे । अर्का व्याट्स्म्यान विक्रम कुमार गुप्ताले २४ रन जोडका थिए ।

अर्को खेलमा पोखराले स्याङजा माथि २९ रनको जित निकालेको हो । पहिला व्याटिङ्ग गर्दै पोखराले १९.३ ओभरमा सम्पूर्ण विकेट गुमाएर १ सय १४ रन बनाएको थियो ।

पोखराका लागि अनुभवि खेलाडी दिपेश खत्रिले सर्वाधिक १९ रन जोड्दा अनिल गुरुङ्गले १७ रनको इनिङ खेले । जवाफि व्याटिङ्गमा आएको स्याँग्जा १६.३ ओभरमा ८५ रनमै समेटिएको थियो ।

स्याङजालाई सस्तैमा समेट्ने क्रममा विन्धेश्वरी भाँडा उद्योग म्यान अफ द म्याच दिपेश खत्रिले २, लालबहादुर अधिकारीले २ तथा गोविन्द प्रधान, सुवास भण्डारी र अमृत गुरुङ्गले समान १–१ विकेट लिए । स्याङजाका मिलन क्षेत्रिले १४ रन जोडेका थिए ।