जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा जारी औद्योगिक ब्यापार मेलामा रोटे पिङबाट खसेर चार जना घाइते

जन्मभुमि खबर ,
पोखरा ।

पोखरामा व्यापार मेलाको पिङबाट खसेर चार जना घाइते भएका छन् ।

पोखराको नयाँबजारमा जारी राष्ट्रिय औद्योगिक व्यापारिक मेलामा बाल उद्यानका लागि राखिएको ‘रोटे पिङ’ खेल्दा खसेर चार जना घाइते भएका हुन् ।

यो घटना आइतबार साँझ साढे ६ बजेतिरको हो । एक जना बच्चासहित चार जना एउटै डब्बामा थिए । डब्बा कोल्टिएपछि आफूहरू त्यहाँबाट खसेको घाइतेको भनाइ छ । ‘बट्टा कोल्टियो । हामी करायौँ–चिच्यायौँ । नट फुत्किएर होला त्यो बट्टा कोल्टिएपछि हामी खस्यौँ । खसेपछि केही थाहा भएन,’ एक जना घाइतेले भनिन् ।

एक जनाले फलाममा समात्दा भुइँमा खसिनन् । ६ वर्षीय बालिकासहित तीन जना भुइँमा बजारिएका थिए । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । गम्भीर घाइते युवतीको करङ भाँचिएको छ भने टाउकोमा पनि चोट लागेको छ । अन्य दुई जना र बच्चाको अवस्था सामान्य छ ।

घाइतेको पोखरा नयाँबजारस्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।