जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा आज चार स्थानमा बुष्टर डोज खोप लगाइदै

जन्मभुमि खबर ,
पोखरा ।

पोखरामा आज कोरोना भाइरस विरुद्धको बुष्टर डोज खोप वितरण हुने भएको छ ।

पोखरा महानगरपालिकाभित्रका विभिन्न चार स्थानबाट खोप वितरण हुने स्वास्थ्य महाशाखाले जनाएको छ ।

हेम्जा स्वास्थ चौकी , अर्मला प्राथमिक स्वास्थ केन्द्र , शहरी स्वास्थ केन्द्र -१९ पुरन्चौर र तल्लाकोट स्वास्थ चौकीबाट खोप वितरण हुने बताइन्छ ।

एस्ट्राजेनेका, कोभिशिल्ड र भेरोसेल खोपको दोश्रो मात्रा लगाएको तीन महिना पूरा भएका र जोन्सन खोपको एक मात्रा लगाएर तीन महिना पूरा भएका व्यक्तिलाई बुष्टर डोज दिइने भएको छ ।

खोप लगाउन जाने व्यक्तिलाई खोपकार्ड लिएर आउन आग्रह गरिएको छ ।