जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखराका विपन्न ३८ परिवारलाई दसैँ खर्च

जन्मभुमि खबर ,
पोखरा ।

अति विपन्न र दसैँ मनाउन नसक्ने अवस्थाका पोखराका ३८ परिवारलाई सहयोग खाद्य सामग्री प्रदान गरिएको छ ।

कास्की सामाजिक अभियान जापान मार्फत सङ्कलित रकमबाट दसैँ मनाउन नसक्ने र आर्थिक अवस्था कमजोर भएका परिवारलाई खसीको मासु सहित चामल, दाल, तेल, नुन लगायतका सामाग्री सहयोग गरिएको हो ।पोखरा प्रदर्शनी केन्द्रबाट ती सामग्री हस्तान्तरण गरिएको थियो ।

पोखरा महानगरपालिकाका २४ देखी ३३ सम्मका वडाका ३८ विपन्न परिवारलाई गण्डकी टेलिभिजनका सञ्चारकर्मी अपिल त्रिपाठी मार्फत सामाग्री हिजो ती सामग्री हस्तान्तरण गरिएको हो । त्रिपाठीले प्रत्येक वडाका वडाध्यक्षसँग परामर्श तथा समन्वय गरी गरीब परिवार छनोट गरिएको जानकारी दिनुभयो ।

कास्की सामाजिक अभियान जापानले यस अघि अक्सिजन सिलिण्डरको व्यवस्थापनको लागि समेत सहयोग रकम पठाएको थियो ।
तर अस्पतालहरुमा पछिल्लो समय अक्सिजन समस्या नरहेको भन्ने जानकारी अस्पालहरुबाट आएपछि सो रकम खर्च भएको थिएन । सोही रकमबाट हयोग सामाग्री हस्तान्तरण गरिएको त्रिपाठीले जानकारी दिनुभयो ।