जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखराका चार स्थानबाट लागुऔषधसहित चारजना पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

कास्की प्रहरीले जिल्लाका विभिन्न चार स्थानबाट लागुऔषधसहित चारजनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेका उनीहरूका साथबाट प्रहरीले तीन सय ७० एम्पुल लागुऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुन्दर तिवारीले जानकारी दिए ।

तिवारीका अनुसार प्रहरीले कास्कीको अन्नपूर्ण गाउँपालिका– ९ स्थायी घर भई हाल पोखरा– १३ खत्रीचोक बस्ने ४४ वर्षीय सन्तोष भन्ने इन्द्रमान गुरुङलाई डाइजापाम ५३ एम्पुल, फेनेरागन ५३ एम्पुल र नुर्फिन ५३ एम्पुल गरी जम्मा एक सय ५९ एम्पुल लागुऔषधसहित पक्राउ गरेको हो ।

पोखरा– १३ बाँझपाटन बस्ने ४० वर्षीय विकास गुरुङले स्कुटरबाट डाइजापाम २५ एम्पुल, फेनेरागन २५ एम्पुल र नुर्फिन २५ एम्पुल गरी जम्मा ७५ एम्पुलसहित पक्राउ गरेको तिवारीले जानकारी दिए ।

यसैगरी, पोखरा– २० भलाम बस्ने ३१ वर्षीय सावन विकलाई डाइजोपाम १७ एम्पुल, फेनेरागन १७ एम्पुल र नुर्फिन १६ एम्पुल गरी जम्मा ५० एम्पुल र पोखरा– ३० घर भई हाल पोखरा– ७ बगालेटोल बस्ने ५३ वर्षीय कुमार गुरुङलाई डाइजापाम २८ एम्पुल, फेनेरागन ३० एम्पुल र नुर्फिन २८ एम्पुल गरी ८६ एम्पुल लागुऔषधसहित प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका चारैजनालाई प्रहरीले लागुऔषधसम्बन्धी मुद्दामा थप अनुसन्धान प्रक्रियाअगाडि बढाइएको तिवारीले जानकारी दिए ।