जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पेट्रोलियम पदार्थको मूल्य पुन लिटरको २/२ रुपैयाँले वृद्धि

जन्मभुमि खबर,
पोखरा ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

शनिबार (आज) मध्यरातिदेखि लागु हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर दुई/दुई रुपैयाँले वृद्धि गरेको हो ।

नयाँ मूल्यसूचीअनुसार अब पेट्रोलको प्रतिलिटर १२५ र डिजेल र मट्टीतेलको प्रतिलिटर १०८ रुपैयाँ पर्नेछ । आन्तरिक हवाई इन्धनको मूल्य पनि प्रतिलिटर दुई रुपैयाँले बढाएर प्रतिलिटर ८० रुपैयाँ पुर्‍याइएको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ ।