जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन–नौबिसे सडकखण्ड पहिरोले अवरुद्ध

पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन–नौबिसे सडकखण्ड पहिरोले अवरुद्ध भएको छ ।

बुधबार बिहान २ बजे चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकै पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

अहिले पहिरो हटाउने काम भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर मगरले जानकारी दिए ।