जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पाेखरा २१ मा लागत प्राविधिक इस्टिमेट सार्वजनिक

पोखरा ।                                                                              नेपाल सरकार गण्डकी प्रदेश भाैतिक पुर्वाधार विकास मन्त्रालय बाट आ. व २०७७/७८ काे फुस्रेखोला,  रईकरे भालडाडा रान्नी धुवारकाेट भिरस्वारा सडक याेजना पाेखरा महानगरपालिका -२१ काे लागि रू ५०,००,०००/- (पचास लाख मात्र) विनियोजन भएकाे याेजनाकाे सम्पूर्ण कुल लागत प्राविधिक ईस्टिमेट आज साे याेजना निर्माण सहयाेग/समन्वय समिति बाट सार्वजनिक गरेका छन् ।                   वडा न २१ काे सभा हलमा भएकाे कार्यक्रममा प्रमुख अतिथिकाे भुमिकामा रहनुभएका यसै वडा न २१ का वडा अध्यक्ष श्री खजराज आचार्य ज्यूले वडा भित्रकाे याेजना अब कसैकाे मनाेमानीमा नचल्ने र नीति नियममा बसेर काम गर्नुपर्ने र वडा सधै जन्ताकाे सेवामा रहने कुरा उल्लेख गर्नु भएकाे थियाे ।        साथै यस सहयाेग समितिलाई आयाेजनाकाे सम्पूर्ण सुचना सार्वजनिक गरि वडालाई सहयाेग गरेकाेमा प्रशंसा गरि स्यावास गर्नु भएकाे थियाे ।त्यस्तै गरि यस सहयाेग समितिका अध्यक्ष श्री हाेम बा ठकुरी ज्यूले पनि नीति नियममा बसेर यस याेजनाकाे काम ईस्टिमेट बमाेजिम सम्पन्न गराउने र साथै सबैलाई चासाे राखी अनुगमन गर्न अनुराेध गर्नु भएकाे थियाे ।  कार्यक्रममा टाेल विकास समितिका पदाधिकारीकाे पनि उपस्थिति रहेकाे थियाे । साे याेजनाकाे काम गर्ने सम्पूर्ण जिम्मा युग विल्डर्स एण्ड सप्लायर्सले ठेक्का सम्झौता गरि केही दिनमा काम सुरू गर्ने वताउनु भएकाे थियाे । कार्यक्रम संचालन समितिका सचिव राेसन गुरूङले गर्नु भएकाे थियाे ।