जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पाेखराकाे १६ औं मेयरमा धनराज आचार्य र उपमेयरमा मञ्जुदेवी गुरुङ निर्वाचित

जन्मभुमि खबर ,
पोखरा।

पोखरा महानगरपालिकाको मेयरमा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्य विजयी भएका छन् । आचार्यले ५८ हजार ८ सय ९३ मत प्राप्त गरेका छन् ।

एमालेका उम्मेदवार कृष्ण थापाले ५२ हजार ८ सय ४८ मत प्राप्त गरेका छन् । उनीहरूबीचको मतान्तर ६ हजार ४५ छ । मेयरमै राप्रपाका शंकर खरालले ५ हजार ६ सय ७४ र स्वतन्त्र उम्मेदवार गनेस पौडेलले ३ हजार ३० मत ल्याए ।

उपमेयरमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङले ३ हजार ८ सय ८३ मतान्तरले विजयी भएकी छन् । गुरुङले ६० हजार ५ सय ४६ मत ल्याएकी छन् । नेपाली कांग्रेसकी कोपिला रानाभाटले ५६ हजार ६ सय ६३ मत ल्याइन् ।

त्यस्तै उपमेयरमा राप्रपाकी रञ्जना सेनले ५ हजार ६ सय ९९ मत प्राप्त गरिन् । २ लाख ७ हजार ७ सय १२ मतदाता रहेको पोखरा महानगरमा १ लाख ४३ हजार २ सय २६ मत खसेको थियो ।

पोखरामा १२ दिन लगाएर मतगणना सकिएको हो । ३३ वटा वडा रहेको पोखरामा २३ वटा वडा कांग्रेसले जितेको छ । यस्तै नेकपा एमालले ९ वटा वडा जितेको छ भने वडा नम्बर २२ बाट स्वतन्त्र उम्मेदवारले वडाध्यक्ष जितेका छन् ।

२०७४ काे चुनावमा एमालेले मेयर उपमेयरसहित २२ वटा वडामा जितेकाे थियाे ।