जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पाल्पाली समाज पोखराको अध्यक्षमा रेशम थापा रचक चयन

जन्मभुमि खबर
पोखरा ।
पाल्पाली समाज पोखराको अध्यक्षमा  रेशम थापा रचक सर्वसम्मत अध्यक्ष चयन भएका छन् । समाजको  १८ औं साधारणसभा तथा १० औं अधिवेशनले उनको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत् चयन गरेको हो ।

समाजको निवर्तमान अध्यक्षमा कुलप्रसाद घिमिरे, प्रथम उपाध्यक्ष बालचन्द्र परियार, द्वितीय उपाध्यक्ष श्रीधर पराजुली, तृतीय उपाध्यक्ष अनन्त अधिकारी, महासचिव केशव नेपाल, सचिव सञ्जय आत्रेय, सहसचिव युमाया पचभैया, कोषाध्यक्ष उमा सापकोटा, सहकोषाध्यक्ष गिरिराज पोख्रेल छन् ।

यस्तै, सदस्यमा रेनुका बज्राचार्य, गीतादेवी शर्मा, दामोदर बस्याल, पिताम्बर तिमिल्सिना, पदमप्रसाद पोख्रेल, वर्षा श्रेष्ठ, धनबहादुर झेंडी, सुमन आचार्य, रमेशकुमार पौडेल, सुशीला थापा कुँवर र किरण पाण्डे छन् ।

समितिको कार्यकाल २ वर्षको हुनेछ । समाजका सल्लाहकार नारायणप्रसाद पौडेलको संयोजकत्वको निर्वाचन समिति सदस्यमा ताराप्रसाद पोखरेल र माधवी पाण्डेय थिए ।

यसअघि बन्दसत्रमा महासचिव श्रीधर पराजुली  र कोषाध्यक्ष सञ्जय आत्रेयले प्रतिवेदन पेस गरेका थिए ।